भक्तपुर नगरपालिका | "पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र सँस्कृति" (original) (raw)
भक्तपुर दरबार क्षेत्र (भूकम्प अगाडि)
Read More
भक्तपुर नगरपालिका संक्षिप्त परिचय
साँस्कृतिक नगर भक्तपुरको परिचयः
स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाण्डौ उपत्यकाको पूरानो नेवारी साँस्कृतिक केन्द्र हो । यो नगर नेपालको राजधानी काठमाण्डौबाट १५ कि.मी. पूर्वमाअवस्थित छ । भक्तपुरको पूर्वमा काभ्रे जिल्ला उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो नगर समुद्री सतहबाट १४०१ मीटर माथि अवस्थित छ । यस नगर ६.८८ वर्ग कि.मी. फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र बाँकी ब्राम्हण, मुस्लिम र अन्यजातिहरु बसोबास गर्दछन् । वि.सं. २०७८ सालको जनगणना अनुसार भक्तपुर जिल्लामा ४३२१३२ र ऐतिहासिकनगरी भक्तपुरमा ७९,१३६ जनसंख्याबसोबास गर्दछन् । यहाँका सम्पदा संरक्षणलाई प्रशंसा गर्दै युनेस्कोले यस शहरलाई सन् १९७९ माविश्व सम्पदा सूचीमा सूचीकृत गरियो । नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायण बाट शुरु हुन्छ । जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकला आदीले भक्तपुर नगरको परिचय र मौलिकता झल्काउँछ ।
ईतिहासः
नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायणमा रहेको पाँचौ शताब्दीको लिच्छबीकालिन शिलालेखबाट प्रारम्भ भएको हो ।भक्तपुर नगर सर्वप्रथम आठौं शताब्दीमा राजाआनन्द देवले स्थापना गरेको थियो । यहाँको सबै भन्दा पूरानो मन्दिर दत्तात्रयको मन्दिर १५ औं शताब्दीमा राजायक्षमल्लको पालामा बनेको थियो । यो नगर बाह्रौं शताब्दी देखि पन्ध्रौं शताब्दीसम्म नेपालको राजधानीनगरको रुपमा रहेको थियो । यो नगर १८ औं शताब्दी सम्म एउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो ।
भूगोलः
भक्तपुर नगर राजनैतिक रुपमा १० वडा र २४ वटा टोलहरुमा विभाजित छ । भौगोलिक रुपमा यो नगर उडिरहेको परेवाको आकारमा पूर्व पश्चिम ४.५ कि.मी. लम्बाई र उत्तर दक्षिण १.५ कि.मी. चौडाइमा फैलिएको छ । यस नगरको उत्तर र दक्षिणमा दुई वटा नदी र नगरभरी पोखरीहरु छरिएका छन् ।
हावापानीः
भक्तपुर नगर काठमाण्डौ उपत्यकाको एक भाग हो । त्यसैले यस नगरको हावापानी काठमाण्डौ उपत्यकाको हावापानी संग मिल्दोजुल्दो छ । यस शहरको तापक्रम गर्मी याममा अधिकतम ३५ डिग्री सेल्सियस र हिउँदमा न्युनतम –३ डिग्री सेल्सियस सम्म पुग्दछ । यहाँको औसत वर्षा १३६२.२ मिलीमीटर र ९० प्रतिशत वर्षा मनसुनमा (जेष्ठ महिना देखि भदौ सम्म) हुन्छ ।
अर्थव्यवस्थाः
यस शहरको आर्थिक वृद्धि विस्तारै बढ्दै छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो भने पर्यटन तीब्र रुपमा विकास हुँदै गरेको उद्योग हो । घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरु यहाँको आम्दानीको मूख्य स्रोत हुन् । २०६८ सालको जनगणना अनुसार यस नगरको व्यक्ति आम्दानी ७४२ डलर रहेको छ ।
पर्यटनः
यस शहरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको छ । अक्टोबर र नोभेम्बर महिना भक्तपुरमा पर्यटन आगमनको मुख्य सिजन हो । आ.व. २०५०।५१ देखि २०७९।०८० असारमसान्तसम्ममा कूल ४५ लाख ५२ हजार ८२७ जना विदेशी पर्यटकहरुले भक्तपुर नगरको अवलोकन गरे ।आ.व. २०७९।८० मा मात्र चीन र सार्क मुलुकका ८१,३१८ जना तथा गैर सार्क मुलुकका ८६,३३४ गरी कूल १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरुले साँस्कृतिक नगर भक्तपुरको अवलोकन गरेका थिए ।
Pages
चिनियाँ राष्ट्रिय जनजाति मामिला आयोगका माननीय मन्त्री फान यूए भक्तपुर अवलोकन भ्रमणमा
भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालज्यू
‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ
भक्तपुर नगरपालिकाको निमन्त्रणामा भक्तपुर भ्रमणमा आउनुभएको चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शाननान नगरपालिकाका कार्यकारी उपप्रमुख मु योङवनको प्रतिनिधमण्डल भक्तपुरमा
भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘बहाबही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ सम्पन्न योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रामा सम्पन्न, मिति २०८० पुस १४ गते शनिबार
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवाल भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभाको उद्घाटन गर्नुहुँदै
चिनिया कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हेयान भक्तपुर भ्रमणमा
जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङ भक्तपुर भ्रमणमा
मित्र देश चीनको सिन्चाङ (तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युनचङ भक्तपुरमा
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव यूआन चियाच्युनलाई स्वागत गर्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापति
नगरपालिकाले प्रदान गर्ने सेवाहरु
दाची इँटा र काठ सहयोग
सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- १ महिना
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख, प्रमुख एवं प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- रु. १०।–
आवश्यक कागजातहरुः-
क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जा
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा प्रमाण पत्र
छ) निर्माण सम्पन्नको सक्कल निवेदन
चेन डोजर, बाक्हो लोडर, ट्रिपर र एक्स्क्याभेटर भाडामा दिने सेवा
सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख एवं कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति घण्टा डोजर रु..१५००।– ट्रिपर बाक्हो लोडर रु.८००।– एक्साभेटर (तेल सहित यातायात बाहेक प्रति घण्टा रु. ३,०००।–)
आवश्यक कागजातहरुः-
क) सम्बन्धित व्यक्ति संस्था तथा निकायको निवेदन
ख) इन्धन सम्बन्धित पक्षले नै राख्नु पर्ने ।
जेट मेसिन (निजी निकास खोल्न)
सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख, प्रमुख एवं कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- नगरभित्र रु. ५००।– नगर बाहिर रु. १०००।– क्रमिक रुपमा
आवश्यक कागजातहरुः-
क) सम्बन्धित व्यक्ति संस्था तथा निकायको निवेदन
ख) इन्धन सम्बन्धित पक्षले नै राख्नु पर्ने ।