रोहितको गोलमा जाकार्ताको जीत (original) (raw)

काठमाडौं, १८ मंसिर । नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दको एकमात्र गोलमा इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग वानमा जित हात पारेको छ । पर्सिजाले घरेलु मैदानमा पर्सिकावो १९७३ लाई १–० ले पराजित गरेको हो ।

खेलको दोस्रो हाफको ४९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले दिएको ब्याक पासलाई रोहितले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । त्यही गोल नै पर्सिजाको जितमा निर्णायक बन्यो ।

रोहितले यो सिजन पर्सिजाका लागि १२ खेल खेल्दा २ गोल गरेका छन् । यो जितसँगै पर्सिजा १५ खेलबाट २१ अंक जोडेर नवौं स्थानमा रहेको छ पराजित पर्सिकावो १५ अंक जोडेर १५औं स्थानमा रहेको छ ।