मेयर कप तेक्वान्दो प्रतियोगितामा बागमती प्रदेशबाट धादिङका आशिक गुरुङ (original) (raw)

धादिङ, १४ पुस । ‘मेयर कप तेक्वान्दो प्रतियोगिताको लागि बागमति प्रदेशबाट आशिका गुरुङ छनोट भएका छन् । प्रथम जावलाखेल राष्ट्रिय तेक्वान्दोमा काँस्य पदक र प्रकाश दाहाल मेमोरियल कप प्रतियोगितामा स्वर्ण पदक विजेता समेत रहेका धादिङबेशिका गुरुङ विभागिय टिम सहित अन्तरप्रदेशिय मेयर कप प्रतियोगितामा छनोट भएका हुन् ।

यही पौष १६ र १७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो प्रतियोगितामा सातै प्रदेश, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा पुरुष महिला समान ८/ ८ गरि १६ वटा प्रतिष्पर्धा हुनेछ । त्यस्तै पुम्सेमा पुरुष महिला गरि ८ स्वर्णको लागि खेल हुने बताइएको छ ।

सोप्रतियोगितामा ११ वटा टिमका ३ सय ३० जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । एउटा टिमबाट ३० जना खेलाडीको सहभागीता रहने बताइएको छ ।